माघ२६ शुक्रबार
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौ स्थित रहेको श्रि द्वार देवी उच्च माध्यमिक बिधालय अलौमा कक्षा ११मा गरेको ५ जना जाहिनदार विधार्थीहरुलाई एक कार्यक्रम बिच ल्यापटप वितरण गरेको छ।
युवा जागरण मञ्च नेपाल पर्साको आयोजनामा भएको कार्याक्रमका प्रमुख अथिती वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष संजु छतकुली रहेका थिए।
उक्त कार्यक्रममा वडा अध्यक्ष संजु छतकुलीले वडाको बजेटबाट कक्षा १० उत्कृष्ट र राम्रो अंक ल्याई पास गरेको ५ जना विधार्थीहरुलाई सम्मानितको लागि ल्यापटप वितरण गरेका छन।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष छतकुलीले वडा नं १७ द्वारा द्वार देवी माध्यमिक विद्यालयमा कक्षा १०को बिद्यार्थीले राम्रो अंगलाई ११ कक्षामा उतिर्ण गरेको ५ जनालाई ल्यापटप वितरण गरको छ भन्ने आउने दिनमा कक्षा १० देखि र १२ कक्षा सम्मको विधार्थीहरु राम्रो अंक ल्याउने र राम्रो अनुसाशनमा बस्नेलाइ ल्यापटप दिने प्रतिबदता गर्नु भएको हो।
श्री द्वार देवी माध्यमिक विधालयख कक्षा ११का प्रदीप कुमार ठाकुर,बिजय राज पण्डित ,अलिराज हुसेन ,सिल्पी कुमारी , रबिकुमार ठाकुर र महम्द समीर आलमले पाएका छन।
उक्त कार्यक्रममा प्रधानध्यापक दयाकान्त झा, वडा सदस्य नेसार अहम्द, उर्मिला देबी , नेकपा एमालेका प्रदेश कमिटी सदस्य उसमान अंसारी, अखतर मिया र युवा नेता अजय कुमार र एबिसी टेलिभिजका मधेश प्रदेश ब्यूरो प्रमुख शेखर छतकुली र बिधार्थीहरु लगाएतको सहभागीता रहेको थियो।