2022-09-29

Close

काठमाडौं । सत्तारुढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो निर्णय गरेको हो ।

कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक सकारात्मक रुपले अघि बढेको र २६ गते ४ बजे फेरी बैठक बसेर थप छलफललाई अगाडि बढाउने उनले बताए ।

कार्यदलको बैठकमा सबै दलका नेताले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणा प्रस्तुत गरेका थिए । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर