२१ वैशाख,जनकपुरधाम । बजार मूल्यभन्दा बढीमा सिमेन्ट बिक्री गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जनकपुर उपमहानगरपालिका-११ का ४८ वर्षीय रामप्रताप साहलाई आइतबार नियन्त्रणमा लिएको हो ।
बजार मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आनन्द इन्टरप्राइजेज हार्डवयरका सञ्चालक समेत साहलाई नियन्त्रणमा लिएको हो । विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्टसहित साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ माछाबजारमा रहेको चन्दन आईरन स्टोरको सञ्चालक सत्यनारायण चौधरीको छोरा वर्ष २० को चन्चल कुमार चौधरीले बजार भाउ भन्दा बढि मूल्यमा सिमेन्ट विक्री गर्दै गरेको प्रहरीले थाहा पाएपछि निजको गोदामा शिवम सिमेन्ट ३ सय ५० बोरा, मारुती सिमेन्ट २० बोरा र सगरमाथा सिमेन्ट ५० बोरा गरी जम्मा ४ सय २० बोरा समेत बरामद गरेका थिए ।