2024-03-29

Close

कमलेश ठाकुर // जनकपुरधाम । मधेश प्रदेश सरकारले काम नहुँदै भुक्तानी दिएको पाइएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले तीन वटा फार्मलाई काम नहुँदै भुक्तानी दिएको हो ।

निर्देशनालयले महोत्तरीको भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साह सञ्चालक रहेको द्वारिका गाई फार्म, धनुषाको लक्षमीनियाँ गाउँपालिकाको हाइवे पशुपालन फार्म र मिथिला विहारी नगरपालिका ठेरास्थित विषणुदेव झा सञ्चालक रहेको अगार्निक फार्मलाई काम नहुँदै दश/दश लाख भुक्तानी दिएको हो ।

आर्थिक वर्ष ०७८/७९ मा गाई गौशाला तथा ठूला व्यवसायिक पशु फार्महरूमा प्राङ्गारिक मल तथा गड्यौले मल उत्पादनमा अनुदान सहयोग कार्यक्रमका लागि धनुषाको दुई र महोत्तरीको एक फार्मलाई दश/दश लाख अनुदान दिएको थियो । सर्लाहीको एक फार्मले सम्झौता गरेपनि काम गरेनन् ।

रामजतन साह सञ्चालक रहेको फार्मलाई भुक्तानी दिइसकेपनि अहिलेसम्म मात्र ५० प्रतिशत काम भएको छ । आर्थिक वर्ष सकिएको एक महिना बित्नै लाग्दासमेत काम सम्पन्न भएको छैन ।

फार्मका सञ्चालक साहले काम पूरा नभएको स्वीकार गरे । यद्यपि, एक हप्ताभित्र काम पूरा भइसक्ने उनले बताए ।

कर्मचारीकै आलटालको कारण काम पूरा नभएको उनको भनाइ छ । “धेरै कुरा छ, सबै कुरा फोनमा भन्न सकिन्न । भेट भएको बेला भन्नुपर्ने कुरा छ,” उनले भने, “म बरु सरकारको पैसा सरकारलाई नै फिर्ता गर्दिन्छु तर त्यस्तो कहिले गर्दिन ।” अप्रत्यक्ष रूपमा उनले कर्मचारीहरूले कमिसन माग गरेकोतर्फ संकेत गरे ।

कार्यालय निर्देशक जागेश्वर यादवले फार्म सञ्चालकको प्रतिबद्धताको अधारमा भुक्तानी दिएको बताए । “काम गर्ने प्रतिबद्धता गरेको छ । काम गर्नैपर्छ,” उनले भने, “फेरि एक पटक ताकेता गर्छु, काम छिटो सक्न, भएन भने अर्को उपाय लगाउनु पर्छ ।”
कार्यालयका अधिकृत रञ्जितकुमार अधिकारीले विश्वासको अधारमा भुक्तानी दिइएको बताए । काम पूरा नगरे असुल उपर गरिने उनको जिकिर छ । “भुक्तानी भइसकेपनि काम गरेको छैन भने असुल उपर हुन्छ,” उनले भने, “आर्थिक वर्षको अन्तिममा आएर काम गर्ने प्रक्रिया अगाडि बढाउँदा काम हुन सकेको छैन ।”

तर, स्रोतकाअनुसार कार्यालयका कर्मचारीले हाकाहाकी ५० प्रतिशत कमिसन मागेकाले फार्म सञ्चालकहरूले काम अगाडि बढाएका छैनन् ।

निर्देशक यादव र अधिकृत रञ्जित भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साहले सञ्चालक गरेको द्वारिका गाई फार्ममा दुई पटक कमिसन रकम लिन पुगेका बताइएको छ । तर, साह भने कर्मचारीहरू आउने खबर पाएपछि बाहिर छु भन्दै फर्काउने गरेका छन् ।

कमिसनको आरोपबारे अधिकृत रञ्जितले अनविज्ञता प्रकट गरे भने निर्देशक यादवले यो विषयमा अन्य कर्मचारीसँग बुझेर थप जानकारी दिने भन्दै पञ्छिए ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजयकुमार यादवले काम नहुँदै भुक्तानी भएको देखिए कर्मचारी र फार्मका सञ्चालकहरूलाई कारबाही गरिने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds