बारा
कृष्ण यादव
नेपाल प्रहरीका नायव निरीक्षक अर्जुन बाबु खतिवडा बैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम प्रहरी उपरीक्षक संतोष तामाङले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् ।
खतिवडालाई सो प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले प्रदान गरेका हुन्।इलाका प्रहरी कार्यालय परवानीपुर बारा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा खतिवडा कार्यरत रहेका छन्।
खतिवडाले अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा रही निरन्तर रुपमा लगनशील भई व्यवसायिकता प्रदर्शन गर्दै आएको प्रमाणपत्रमा उल्लेख छ।
उनले बैशाख २० गते राति बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ३ बतरा टोल स्थित कोल्बीबाट बतारातर्फ आउने सडकखण्डमा नन्दकिशोर मुखिया बिनले चलाएको प्रदेश २–०३–००१ त ४८७६ नं. को ट्रयाक्टरको ट्रेलरलाई जाँच गरेका हुन्।
सो ट्रयाक्टर मुनि फल्स बटम बनाई लुकाउ छिपाउ गरी मकवानपुरबाट बारातर्फ ल्याउदै गरेको २२५ के.जी. (दुई सय पच्चिस किलोग्राम) गाँजा सहित तीन जना मानिस पक्राउ गरी कानून बमोजिम अनुसन्धानको दायरामा ल्याई लागुऔषध नियन्त्रणमा योगदान उनले पुर्याएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराको अपराध नियन्त्रण तथा अनुसन्धान शाखालाई पिल्लर पद्धतिमा कार्य सञ्चालन गर्ने गरीको सुविधासम्पन्न कार्य वातावरण तयारका लागि विभिन्न समन्वयकारी निकायसँग समन्वय र उत्कृष्ट व्यवस्थापकीय कार्यक्षमता प्रदर्शन गर्दै शाखा व्यवस्थापन र अभिलेख प्रणाली विकासमा अहम भूमिका उनले निर्वाह गरेका हुन्।
आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले निर्वाह गरी विभागीय नीति निर्देशनलाई सर्वोपरी आत्मसाथ गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पादन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले निजले सम्पादन गरेको उत्कृष्ट कार्यको कदर स्वरूप खतिवडालाई पुरस्कृत गरिएको बाराका एसपी तामाङले बताए।
प्रहरी नायव निरीक्षक खतिवडाले सङ्गठित अपराध अनुसन्धानमा अब्बल भनेर चिनिएका छन् ।
उनी लामो समयदेखि बारामा हुने गरेको सङ्गठित अपराध, अपहरण, लागुऔषध, घरेलू हिंसा र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन् ।