2024-03-28

Close

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतृत्वले विधि र प्रक्रिया मिचेको भन्दै नेता कार्यकर्ताहरुले बबरमहलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रदेश नंं. २ को अध्यक्ष र जिल्लाहरुमा अध्यक्ष चयन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

एउटै व्यक्तिलाई धेरै जिम्मेवारी दिएको तर अन्य सक्षम नेताहरुलाई जिम्मेवारीविहीन बनाएको आरोप लोसपा नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयले लगाएका छन् ।

सबभन्दा बढी असन्तुष्टि प्रदेश नं. २ का अध्यक्ष तोकिएका जीतेन्द्र सोनलमाथि नेता कार्यकर्ताहरुको रहेका छन् ।

सोनल केन्द्रीय कार्यकारिणी समिति सदस्य, प्रदेश २ को अध्यक्ष, संसदीय दलको नेता र पर्यवेक्षकसमेत बनाइएको छ ।

यस्तै, जिल्लाहरुमा पनि तोकिएका अध्यक्षहरुप्रति ती नेता कार्यकर्ताहरुको असन्तुष्टि रहेको छ ।

विधि र प्रक्रिया मिचेर प्रदेश र जिल्ला अध्यक्षहरु तोकिएको गुनासो नेता धीरेन्द्र सिंहले गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds