2024-04-28

Close

काठमाडौं, मंसिर २५ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । नेता बस्नेत भर्खरै नेपालको कोटेश्वरस्थित् निवासमा पुगेको उच्च स्रोतको दाबी छ । त्यसअघि बस्नेतले अब वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरेका थिए ।

आज राति ९ बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) ले साना दललाई समेटेर नयाँ सरकार गठन गर्ने खुलासा गरेका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको पनि बताएका छन् । नेकपा विभाजनपछि नेता बस्नेतले पहिलोपटक आज माधव नेपालसँग भेटवार्ता गर्न लागेका हुन् । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा नेपालसँग भेटवार्ताको लागि कोटेश्वर पुगेका हुन् ।

पछिल्लो समय वामपन्थीहरुकै नेतृत्वमा नयाँ सरकार गठनको लागि गृहकार्य भैरहेको छ । यसको लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरुले पहल थालेका छन् । प्रचण्ड पनि कांग्रेस नेतृत्वमा रहने वा नरहने भन्नेबारे दोधारमा छन् । उनले पहिलो चरणमा सरकारको नेतृत्व गर्न पाए कांग्रेससँगको गठबन्धन कायम राख्ने र नेतृत्व गर्न नपाए गठबन्धन तोड्ने चर्चा छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds