2024-03-29

Close

२१ चैत,जनकपुरधाम । भवन निर्माण भएर पनि अस्पताल संचालन हुन नसकेको धनुषाको शहीदनगर नगरपालिकास्थित शहीद सूर्यनारायण रान जिल्ला अस्पताल चाँडै संचालनमा आउने भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको टोलीले यो अस्पताल चाँडै संचालमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधीसभा सदस्य उमाशंकर अरगरियाको पहलमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वमा आएको टोलीले अस्पताल भवनको अनुगमन गरेका हुन् ।
अनुगमन गर्दै डा. लोहनीले चाँडै अस्पताल संचालन हुने प्रतिकृया दिए । ‘भवन निर्माण भइसकेको छ । बेड, एक्सरे मेसिन र ल्याब उपलब्ध गराएर चाँडोभन्दा चाँडो यो अस्पताल संचालनमा ल्याउँछौं’ उनले भने ।

उनले तत्काल सय बेडको अस्पताल संचालन गर्न आफूले पहल गर्ने बताए ।

शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले अस्पताल संचालनमा ल्याइदिन डा. लोहनी नेतृत्वको टोलीसँग आग्रह गरे । उनले आफूले पनि यसमा सकेसम्म सहयोग गर्न तयार रहेको भन्दै यस क्षेत्रका जनताको मर्का बुझिदिन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं धनुषा इन्चार्ज श्रवण बरबरियाले अस्पताल संचालनमा आएपछि यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा सहज पुग्ने बताए । उनले गम्भीर भएर ध्यान दिन मन्त्रालयका प्रतिनिधीसँग आग्रह गरे ।

यो अस्पतालको भवन ६ बर्षअघि नै निर्माण भएको हो । भवन बनाउन स्थानीय गाउँलेले आ–आफ्नो जग्गा प्रदान गरेका छन् । जग्गा प्रदान गरेपछि सरकारको रु ४ करोडको लगानीमा भवन निर्माण भएपनि अस्पताल संचालन हुन नसक्दा स्थानीयबासी चिन्तामा परेका छन् ।

यद्यपी स्वास्थ्य मन्त्रालयको आश्वासनले यो अस्पताल चाँडै संचालनमा आउने विश्वास उनीहरुले गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds