2023-09-28

Close

नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन्।
अर्केष्ट्रामा भइरहेको नाचगानमा बर्दीमै रहेका सई साह नाचेको भिडिओ सार्वजनिक भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

गढीमाई नगरपालिका-६ धरमपुरमा कृष्ण जन्माष्टमीको दिन लागेको मेलाको अर्केष्ट्रामा सई साह नाचेको भिडिओ बाहिरिएको थियो।

उनीमाथि अनुसन्धान गर्न धरमपुर चौकीको प्रमुखको जिम्मेवारी खोसेर धनुषा गणमा पठाइएको मल्लले बताए।

‘भिडिओ बाहिरिएपछि उनलाई कारबाही स्वरूप हिजै जिम्मेवारीबाट हटाइएको छ। थप अनुसन्धानको लागि उनलाई धनुषा गणमा पठाइएको छ,’ उनले सेतोपाटीसँग भने।

बर्दीमा रहेका बेला पदीय आचरणविपरीत उनले स्टेजमा गएर अस्वभाविक रूपमा नाचेको भिडिओमा देख्न सकिन्छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर