2024-03-29

Close

विपिन कुमार यादव, जनकपुरधाम : नयाँ संविधान मधेस विरोधी भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आज जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

जनकचोकबाट सयौंको संख्यामा रहेका नेता तथा कार्यकर्ताले विरोध र्याली निकालेको हो । जुलुसमा प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, जसपाका संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसद रामअशिष यादब, प्रमेश्वर साह लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।

प्रदर्शनकारीहरुले केपी ओली चाहिदैन, मधेस विरोधी संविधान स्वीकार्न सकिदैन, संविधान संशोधन गर जस्ता नारा लगाएका छन् । विरोध र्याली जनकपुरको विभिन्न भागमा परिक्रमा पश्चात पुनः जनकचोकमै पुगेर कोणसभा गरिदैछ ।

नेपाली काँग्रेस, तत्कालिन नेकपा एमाले र माओवादीले बहुमतको दम्भ देखाएर ०७२ असोज ३ मा मधेस विरोधी संविधान जारी गरे । सोही वर्षदेखि मधेसी दल तथा जनता असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको छ । मधेसभर आज साँझ ब्लाक आउट गरिने जसपाले जनाएको छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds