2024-04-26

Close

बढि कमिसन लिएको भन्दै सिसोबारीको जनताले प्रदेश सासंद कुर्मीलाई लखेट
वीरगंज २९ मंगलबार
मंसिर ४ गते हुने प्रतनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि पर्साको क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेद्वार रमेश प्रसाद कुर्मीलाई वीरगञ्ज महानगर वडा नम्वर १ सिसोबारीका मतदाताले लखेटेका छन् ।

पर्सा क्षेत्र नम्बर २ को (ख) वाट २०७४ सालमा सो क्षेत्रवाट र्निर्वार्चित भएको थिए।कुर्मी प्रदेश सासंद भएको बेलामा सिसिबारीमा सडकको लागि दिएको बजेटमा २० %देखि ३०% कमिसन लिएको आरोप लगाउदै स्थानियहरुले लखेटिएका छन्।घरदैलो गर्दै पुगेका कुर्मीलाई स्थानीयले यस अघि काम गर्दा कमिसन लिएकाले मत नदिने भन्दै लखेटेका हुन् ।

घरदैलोमा पुगेका कुर्मीलाई स्थानीय आस मियाँ धोविले आफूले दिएको कमिशन फिर्ता दिन माग गरेपछि विवाद भएको थियो।विवाद पछि स्थानीयले कुर्मीलाई सिसोबारीबाट लखेटेको स्थानीयले बताएका छन् ।

कमिशन खोरीलाई अहिले नै हो तह लगाउने भन्दै सिसोबारीका मतदाताले कुर्मीलाई आफ्नो ठाउँमा आउन नपर्ने भन्दै लखेटेको स्थानीय बताउँछन् ।

यसैबीच कुर्मीले भने आफू साेमबार सिसाेबारी नगएकाे प्रतिकृया दिएका छन् । दिशा निर्देशलाई प्रतिकृया दिँदै उनले कसैले आफूलाई बदनाम गर्न यस्ताे आराेप लगाएकाे हुन सक्ने भन्दै यसप्रति आफ्नाे ध्यानाकर्षण भएकाे बताए

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds