2020-10-30

Close

अप्पन डेस्क, जनकपुरधाम : धनुषाकी एक महिलाले चार बच्चाको जन्म दिएकी छन् । विदेह नगरपालिका ७ जोगियारा घर भएकी अमिरुल खातुनले चार बच्चाको जन्म दिएकी हुन् ।

खातुनलाई ब्याथा लागेपछि जनकपुरस्थित काब्या हस्पिटलमा भर्ना भएकी थिइन् । उनले अस्पतालमै ३ छोरी र एक छोराको जन्म दिएको जानकारी प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकले बताएका छन् ।

चार बच्चाको जन्म दिएपछि डाक्टर नै चकित भएका छन् । यसबारे थप विवरण आउँन बाँकी छ ।

पर्साको वीरगन्जमा पनि एक महिलाले एकवर्ष अगाडी चार शिशुको जन्म दिएकी थिइन् । छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरकी सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोराको जन्माएकी थिइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर