सिमरा । नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । दोस्रो जिल्ला अधिवेशनबाट महासंघको अध्यक्षमा दिवाकर भण्डारी र उपाध्यक्ष पदमा श्याम गुप्ता निर्विराेध चयन हुँनु भएको छ । भने महासंघ बाराको सचिवमा इन्दिप कोईराला, कोषाध्यक्षमा प्रलाद तिमल्सिना र सदस्यमा प्रदिप गौतम, एस.एस. पटेल (शिवशंकर), राधेश्याम पटेल लगायत नाैं सदसिय कार्यसमिति सर्वसम्मतले चयन भएकाे हाे । नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य एवंम् बाराका निवर्तमान अध्यक्ष जीतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा गोकुल घोरसाईने प्रमुख अतिथि रहँनु भएको थियो । कार्यक्रममा महासंघ बाराका निर्वतमान काेषाध्यक्ष फैजुल्लाह आफम लगायत स्थानीय सञ्चारकर्मीहरूकाे सहभागिता रहेकाे थियाे ।