2024-04-18

Close

जनकपुरधाम, असार १५ ।  प्रदेश २ मा समेत धान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । धान उत्पदानमा बृद्वि गरि आयात बन्द गर्ने मुख्य उद्देश्यका साथ यस वर्ष धान दिवसको मुल नारा ‘ “धान उत्पादनमा वृद्वि, खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्वि’ राखिएको छ । सो अवसरमा राष्ट्रिय धानवाली कार्यक्रम हर्दिनाथ बनिनियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ सरकारले यथा सिघ्र धानको न्युनतम मुल्य तोकेर किसानको धान किन्ने व्यवस्था गर्न लागेको बताए ।

उनले भने, ‘नेपाल कृषि प्रधान देश र त्यसमा पनि मुख्य बाली नै धानबाली भएपनि यस अघिका सरकारहरु कृषक लक्षित कार्यक्रमहरु गर्न नसकेकाले आयातिय चामल खानु परेको छ ।’ मन्त्री साहले एक्लै प्रदेश २ सरकारले मात्र नहुने भन्दै किसानका लागि मल ल्याउने र वितरण गर्ने अधिकार समेत प्रदेश सरकारसंग नरहेको प्रति दुःख व्यक्त गरेका छन् ।


कार्यक्रममा मन्त्रालयकी सचिव धान दिवसको समाचारमा मन्त्रालयकी सचिव डा. सम्झना कुमारी काफले पाण्डे प्रदेश २ सरकार प्रदेशको धान उत्पादनमा वृद्वि गर्न प्रदान गर्ने गरेको उपकरण सहितको सम्पुर्ण सेवा सुविधा र सहयोगको सदुपयोग उत्पादनकै लागि हुनुपर्ने बताइन् । प्रदेश सरकार क्षमता अनुसार गरेको छ तर प्रदान गरिने सेवा, सुविधा र उपकरणको प्रयोग किसानले कति सदुपयोग गर्न सक्यो वा सकेन त्यसमा पनि उत्पादनको मात्रा निर्भर हुने उनको तर्क छ । कार्यक्रममा सहकारी अभियानी ध्रुव नारायण यादव, किसानका अगुवाहरु, स्थानिय जनप्रतिनिधीहरु सहित विज्ञहरुले समेत धान उत्पादन, समस्या र चुनौती र समाधानका पहलुहरु कोटयाएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds