2024-04-16

Close

विपिन कुमार यादव जनकपुरधाम, ११ फाल्गुन । धनुषाको औरही गाउँपालिकामा समाजवादी पार्टीले कार्यालय संचालनमा ल्याएको छ । विसु अभियान अन्तर्गत समाजवादी पार्टीले कार्यालयको स्थापना गरेको हो।
शनिवार औरही गाउँपालिका वडा नं.५ हरुसाहामा पार्टी कार्यालयको उद्घाटन विसु अभियानका धनुषा संयोजक तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाको प्रमुख अतिथिमा भएको छ। नगर अध्यक्ष कमल देव मण्डलको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्घाटनमा बोल्दै सांसद अरगरियाले संगठन चुस्त दुरुस्त बनाउनेमा जोड दिए ।

धनुषाको औरही गाउँपालिकाको हरुसाहामा आज पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण विसु अभियान अन्तर्गत नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन गर्न नसकेपछि संविधान संशोधनका लागि दवाब दिने उदेश्यका साथ पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउन समाजवादी पार्टीले देश भरि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको छ ।

समाजवादी पार्टी धनुषाले औरहीको हरुसाहामा आज आयोजना गरिएको नगर स्तरीय अभिमुखिकरण र पार्टीको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा विसु अभियानका जिल्ला संयोजक एवं निर्वाचन क्षेत्र नं.२ धनुषा सांसद उमाशंकर अरगरियाले देशमा अब नयाँ ढंगबाट अगाडि बढन र पार्टीलाई बैकल्पिक शक्तिको रूपमा निर्माण गर्नको लागि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको बताएका छन ।

 

सांसद अरगरियाले जनताको काम इमानदारीताका साथ गरिदिन नगरका नेताहरुसंग आग्रह समेत गरे । उनले मधेसी जनताको हकअधिकारका लागी संविधान संशोधन गराउन संघर्ष समेत जारी रहेकाले पनि संगठन निर्माणमा बिशेष ध्यान दिन स्थानीय नेताहरु संग आग्रह गरे ।
यस्तै सोही कार्यक्रममा लोकतान्त्रिक प्रतिस्पर्धात्मक दलीय व्यवस्थामा बैकल्पिक शक्ति निर्माणको लागि समाजवादी पार्टीलाई देशकै शक्तिशाली एवम् सबभन्दा ठुलो पार्टी बनाउने उदेश्यका साथ पार्टीले संगठन बिस्तार तथा सुदृढीकरण शुरु गरेको पार्टीका केन्द्रीय सदस्य एवं क्षेत्र नं.२ का विसु अभियानका अभियन्ता अरुण सिंह मण्डलले बताएका हुन् ।

समाजवादी पार्टीका धनुषा जिल्ला समन्वय समिति अध्यक्ष पशुपति यादवले समाजवादी पार्टीले लिएको लक्ष्य पूरा हुने वितिकै समाजवादीलाई देशकै सबै भन्दा ठुलो दल बन्न बाट कसैले रोक्न नसक्ने केन्द्रीय सदस्य यादवले ठोकुवा गर्नु भयो । पार्टीले मधेशवादको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्मको मुद्दाको रूपमा लोकतान्त्रिक समाजवाद र समान्तवादको नयाँ एजेन्डा उठाएको बताउदै यादवले पार्टीले लिएको लक्ष्यलाई पूरा गर्न सम्पुर्ण समाजवादी पार्टी लाई समृद्ध र शक्तिशाली पार्टी बनाउने लक्ष्य उदेश्यको साथ अघि बढ्न लागेकोलागि गम्भीर भएर लाग्न आग्रह गरे ।


बैठकमा केन्द्रीय सदस्य अरुण सिंह , केन्द्रीय सदस्य राम गोविन्द यादव ,बिशिस्ट अतिथि प्रदेश सांसद राम अशिष यादव ,प्रदेश सांसद शैलेन्द्र कुमार यादव,मोहम्मद अबदुला, रामेश्वर यादव , हबिब मंसुर , लाल बहादुर यादव लगायत औरही गाउँपालिका अन्तर्गत वडा अध्यक्षलगायत पदाधिकारी एवं विभिन्न भातृ संगठनका नेताहरूको सहभागिता थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds