कार्यआदेश विना नै सडक निर्माण, भुक्तानी नभएपछि लक्ष्मीनियाँ गाउँपालिकामा शक्ति प्रदर्शन

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका वडा नम्बर ६ मा रहेको १ किलोमिटर बन्दै गरेको बाटोको सम्झौता तथा कार्यदेश नै नलिई निर्माण गरेकाे पाइएकाे छ । महेन्द्र यादवको घरदेखि पूर्व, बगेबादेखि निकाल जाने बाटोसम्म पहिले नै बनेकाे बाटाेलाई पुन: उपचाेक्ता समितिमार्फत बनाउन खाेजेपछि समस्या देखिएकाे हाे ।

यता वडा नम्बर ६ का वडाध्यक्ष महावीर प्रसाद साहले समिति गठन गरेर पठाउँदा उक्त उपभोक्ता समितिलाई गाउँपालिका द्वारा रद्द गरेको आरोप लगाए ।

बिज्ञापन

यता त्यस वडाको प्राविधिक निरज कुमार सिंह उपभोक्ता समिति गठन भइआएको उक्त कृषि सडक निर्माणको कार्य पहिले नै भएकोले त्यस योजनाको कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन मुनासिव नरहेको बताउँछन् ।

त्यसैगरी गाउँ पालिकाका इन्जिनियर राकेश रत्न यादवले त्यस सडकको कार्य पूर्व नै भइसकेकोले प्रकृया अगाडि बढाउन नमिल्ने  टिप्पणी गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम बहादुर उभरकोटीले पहिले नै बाटो बनाउने कार्य हुँदै आएकोले उक्त योजना बदरको निर्णय गाउँपालिका अध्यक्ष समक्ष पेश गरेको बताए । त्यसै अनुरूप नयाँ कृषि सडक निर्माण तथा मर्मत सम्भार रहेको योजनामा गाउँपालिकाका अध्यक्ष मिश्रले योजना बदरको निर्णय सदर गरेका छन् ।

पालिकाले बदर गरेर भुक्तानी दिन नमिल्ने बताएपछि वडाध्यक्षसहित सराेकारवालाहरूले दबाब सिर्जना गरेका छन् ।