2024-04-26

Close

काठमाडौं, असोज १ गते । ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अभियानले यस्तो घोषणा गरेको छ । अभियानले सकारात्मक टिसर्ट क्रान्तिमार्फत मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने जनाएको हो ।

अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरु उदासिन बनेको गुनासो पोखे । उनले देशमा कृषि क्रान्तिको नारा घन्किएको २०औं वर्ष भएको भन्दै अहिलेसम्म क्रान्ति किन भएन ? भनेर प्रश्न गरे ।

उनले देश बनाउनको लागि सबै युवाहरु पार्टीको विचारभन्दा माथि उठ्नुपर्नेमा जोड दिए । अभियानले कृषि कम्पनी खोलेसँगै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायमा रुपान्तरण गर्ने जनाएको छ ।

कृषि कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने पनि अभियानको दाबी छ । अध्यक्ष अधिकारीले भने–‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं । कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यकत्ता छ । अब खेतीयोग्य जमिन बाँझो रहने छैन् । हामी उत्पादनको बजारीकरण गराउने छौं । दशेको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछौं । हरित क्रान्तिले देशाम पर्यटकहरु भित्र्याउनेछौं ।’

उनले अहिले देशका युवाहरु एक छाक खानाकोलागि सस्तो पारिश्रमिकमा विदेशिनुपरेको दुःख सुनाए । उनले अहिले प्रत्येक नेपाली नागरिकको टाउकोमा ऋणको भारी थपिएको भन्दै यसबाट मुक्त गर्नको लागि कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिए । रिपोर्टर्स क्लब नेपालबाट

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds