2024-05-29

Close

वीरगन्ज २ जेष्ठ

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बीरगन्ज महानगरपालिका वडा नम्वर १७ मा आगो लागेर घर जलेका परिवारहरुलाई राहत बितरण गरेका छन । नेपाल प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा-१७ अलौ स्थित बुढियामाई टोलका आगलागीपीडितलाई मंगलबार  बिहान राहत प्रदान गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ड्राईपोर्टोले आगलागीपीडित ८ परिवारलाई राहत सामग्री प्रदान गरेको हो । पीडित परिवारलाई पर्सा  प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले   राहत सामग्री वितरण गर्नुभएको छ ।

पीडित परिवारलाई चामल, दाल, आलु , प्याज ,तेल , नुन , आटा , चिनी लगाएतको सामानहरु  प्रदान गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताउनुभयो । उहाँले आगलागी पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनी नेपाल  प्रहरीको तर्फबाट राहत प्रदान गरिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढुंगेलले आगलागी पीडितलाई यस्तो दुःखको घडीमा सबै मिलेर बस्न अनुरोध गर्नुभयो । उहाँले पर्सामा आगलागीबाट व्यापक जनधनको क्षति भइसकेको भन्दै सावधानी अपनाउन समेत स्थानीयसँग आग्रह गर्नुभयो ।एसपी ढुंगुलले आगलागी पिडीत मध्ये एकजनाको ढााड भाचेेकोले उनको उपचारको लागि पहल गरि उपचार गराउन वाचा गर्नुभयो।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष सन्जु छत्कुली र सिर्सिया प्रहरी चौकीका सई सुनिल पनेरुको पहलमा राहत बितरण गरिएको हो। सो कार्यक्रममा वडा सदस्य नेशार अहमद महिला वडा सदस्य राप्रपाका जिल्ला अध्यक्ष सुमेशवर उपाधयाय नेपाली कांग्रेस २ को ख का अध्यक्ष शैलेन्द्र उपाधयाय  नेपाली कांग्रेस १७ का बुथ कमिटी अध्यक्ष शिवओम लामिछाने र बरिष्ठ पत्रकार शेखर छतकुली लगाएतको सहभागिता रहेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds