2024-04-26

Close

पर्साको २को (ख) वाट प्रदेश सभा सदस्य उम्मेदवार कुर्मीको दिन प्रतिदिन मतदाताहरुले पत्याउन छाडेको छ।
लोसपावाट प्रदेस सासंदका उम्मेदवार बनेका कुर्मी २०६९ सालक निर्वाचनमा पार्टीको तर्फवाट समुनपातिक सासंद भए।त्यसपछि उनि २०७४ को निर्वाचनमा मधेशी गठबन्धनवाट पर्सा २ को (ख) मा प्रदेश सासंदमा निर्वार्चित भएका थिए। यो क्षेत्रवाट दुई चोटी चुनाव जिते पनि संतुष्टत नरहेको मतदाताहरुले बताएका छन्।
लोसपा पार्टीवाट उम्मेदवार बनेका कुर्मी प्रदेश सासंद हुदा किसानहरुको लागि पाएको अनुदानको ट्याक्टर र बोरिङ आफ्नेे परिवारको सदस्यको नाऊ गराई आफै प्रयोग गर्दे आएका छन्।उनीले आफ्नो संसदीय बिकास कोषको बजेट १५% देखि २५ % कमिसन लिएर बजेटहरु दिएको क्षेत्रबासिहरुले बताएका छन्।
उनके क्षेत्रमा रहेका वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ बर्थिङ्ग सेन्टर २० लाख र मदारसा १५ लाखको बजेट दिई कमिशन नपाए पछि फिर्ता लिएको कारणले अलौबासिले कुर्मीलाई भोट नदिने बताएका छन्।

पर्साको २ को ख को क्षेत्रमा कुर्मी संग असुन्तुष्ट रहेका मतदाताहरुले परिवर्तन गरने मनसाय बनाएको पिपराका दिपकले बताउनुभयो।
कुर्मीले लोसपा तर्फबाट चुनावी मैदानमा उत्रिएका भएपनि उनको भर काग्रेसको छ, जसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय चौरसिया हुन् स्वयं आफ्नो क्षेत्रमा सकसपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । यसका अतिरिक्त कुर्मीले पछिल्लो समय मतदातासमक्ष कुर्मी मतदाताको कार्ड फालेको स्थानीयबासीहरुको आरोप छ । करिब ७ हजार कुर्मी मतदातालाई आकर्षित गर्न उनले चलाएको भएपनि कुर्मी समुदायवाट एमाले र जसपा गठबन्धनका उम्मेदवार हरेराम पटेल र स्वतन्त्रवाट छोटेलाल कुर्मीले उनको कुर्मी भोटमा सेन्ध लगाएका छन्।उनी संग उनको समुदाय रुष्ट रहेको कारणले चुनाव हार्नु पर्ने निश्चित देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds