2025-04-26

Close

वीरगंज ३० असोज
नेपालीहरुको महान चाडपर्ब तिहार , दिपावली तथा छठ पर्बको नाऊमा सशस्त्र प्रहरीको मिलोमतोमा छपकैया र श्रिसियाको सिमानाकमा तस्करी लाईन दिएको खुलेको छ।
नेपालको मुख्य नाका भन्दा करिव १ देखि २ किलोमिटरको दूरीमा श्रिसिया नाका रहेको छ।
श्रिसिया नाका मुख्य सिमामा सशस्त्र प्रहरीको डिउटी हुन्छ।मुख्य नाका संग जोडिएको श्रिसिया नाका आफैमा संवेदनशील क्षेत्र हो। मुख्य नाकाको जिम्मा सशस्त्र प्रहरीको हो।सशस्त्र प्रहरी तस्करहरु सित आर्थिक प्रलोभनमा परी तस्करहरुलाई व्यापक रुपमा तस्करीको लाईन खुलेको छ।
सिमानाका पहिलो फेजमा श्रिसिया नाकामा सशस्त्र प्रहरी बल बिओपी श्रिसिया र सशस्त्र प्रहरी बल बिओपी ड्राईपोर्टको संयुक्त टोली डिप्टी खटेएको हुन्छ।
वीरगंजको छोटी भन्सारको रुपमा रहेको श्रिसियामा सशस्त्र प्रहरी बल बिओपी श्रिसिया र सशस्त्र प्रहरी बल बिओपी ड्राईपोर्टको संयुक्त टोली डियुटिमा बस्छन् ।डियुटिमा बसेका सशस्त्र प्रहरीको टोलीले चाडपर्बको बेलामा घरयासी प्रयोजनको लागि ल्याउने सर्वसाधारणहरु लाई रुकि विभिन्न किसिमको चेकजाँचको बहाना रकम असुल्ने गरेको स्थानीय राजु गुप्ताले बताउनुभयो। सामग्रीहरु किनेर लैजाँदा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी झमेला खडा गरी पैसा लिने गरेको पर्सा एक व्यापारी गुनासो गरे ।
सशस्त्र प्रहरीको मिलोमतोमा डिप्टि अगाडिवाट मोटरसाइकल र साईकलमा तस्करहरु लत्ताकपडा , हाडयेवर , जुता चप्पल र हण्डी कारोबार,ठुलो अावाज हुने प्रतिबन्धित बिष्पोटक पटका र रजनिगंधा लगाएतको सामानहरुको भारतवाट नेपाल तर्फ दिन्हु लाखौं रुपैयाको राज्शव छलि गरि तस्करहरुले भित्राईरहेका छन्।
सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख ठाडा मगर र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले सिमानाकामा रहेका बिओपी पतिहरुलाई तस्करीमा कडाई गर्ने पटकपटक निर्देशन दिदै आएपनि सशस्त्र प्रहरी बल बिओपी श्रिसिया र सशस्त्र प्रहरी वल बिओपी ड्राईपोर्टका सेटिङ्गमा रातभरी तस्करी भईरहदा पनि द्वयप्रमुखहरु चुप लागेर बसेपछि शंकाको बिषय बनेको छ।
श्रिसिया र ड्राईपोर्ट बिओपी बिओपी प्रमुखहरु आएको दिन देखिनै सशस्त्र प्रहरीको डिप्टि अगाडीको बाटो भई छपकैया र श्रिसिया गाऊको बाटो भई दिनरात ठुलो मात्रामा तस्करको समुहहरुले अवैध रुपमा राजशव छलि गरि ४ जना तस्करहरुको समुहले १० देखि २०वटा मोटरसाइकलमा कपडा लोड गरि भित्राईरहेका छन्न भन्ने ३० देखि ४० वटाको हराहरि मा साईकल प्रयोग गरि सो नाकावाट भित्राई श्रिसिया गाऊमा स्टोक गरि वीरगंजको विभिन्न ट्रान्सपोर्टा सम्म पुर्‍याउने गरेको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरीद्वय बिओपी पतिहरु आएको दिन देखिनै विभिन्न समाचार , पत्रपत्रिका , टेलिभिजनहरुमा समाचार अाएपनि अहिले सम्म न तस्करी रुकेको छैन भन्ने कुनै किसिमको विभागले कार्यबाहि नै गरेको छ।यस्ले स्पष्ट बुझिन्छ कि साना हाकिम देखि ठुला हाकिमहरु संरक्षणमा तस्करी भईरहेको छ ।
सशस्त्र प्रहरी हेडक्वाटरको अनुगमन टोली पर्सामा
आएपनि यि नाकाहरु रातभरि तस्करी भईरहेदापनि यस्ले प्रमाणित हुन्छकि अनुगमन टोली दशै र तिहारको लागि तस्करहरु संग पैसा असुल्ने ब्यस्त रहेको छ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर