2024-05-18

Close

जनकपुरधाम । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् ।

 

लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय सांसद हुन् ।

तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट ३२ हजार ४४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेसँग गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका रामचन्द्र झा मात्र १८ हजार ७१५ मत पाएका थिए । काँग्रेसका उम्मेदवार रामकृष्ण यादव १५ हजार ४४२ मत ल्याएका थिए ।

अहिले झा नेकपा एकिकृत समाजवादी छन् । र उनी पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । त्यस्तै काँग्रेसबाट यो पटक पनि यादव नै उम्मेदवार सिफारिस भएका हुन् । जसपाले उपेन्द्र यादवलगायतका नेतालाई उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमालेबाट अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन ।

यो क्षेत्रमा सत्ता गठबन्धनमा आवद्ध दलमध्ये कुनै एकले मात्र उम्मेदवारी दिए पनि लोसपाका अरगरियालाई हराउन चुनौती देखिएको छ । पटक पटक सांसद बनेकाहरुको तुलनामा अरगरियाले यस क्षेत्रमा बढी विकास गरेकाले मजबुत पक्कड बनाएको स्थानीय बताउँछन् ।

त्यस्तै प्रदेश सभा “क” बाट प्रत्येक्ष तर्फ सुनिल कुमार यादव , संजय कुमार साह , राम कुमार यादव भिनवार , सरोज कुमार महरान , संजय कुमार यादव , बरुण मिश्र प्रदेश सभा सदस्य “ख” बाट प्रत्येक्ष तर्फ रामेश्वर यादव , चन्द्रनारायण मण्डल , ईसलाम कवारी , दिपेन्द्र मिश्र प्रदेश सभा सदस्य “क” समानुपातिक तर्फबाट दिप्या देवी दास , कृष्ण कुमार मैरता , गणेश पासमान , विरेन्द्र प्रसाद यादव , नजिर कवारी , प्रदेश “ख” समानुपातिक तर्फबाट रिता देवी ठाकुर हविव मंसुर , नवल कुमार दास , बेचनी देवी पंण्डित , नरेश कुमार मण्डल , रेखा साह सिफारिस भएको क्षेत्रीय अध्यक्ष मनिक लाल मण्डलले अप्पन जनकपुर डटकम लाई बताए ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds