2024-05-08

Close

नरेशचन्द्र बरबरिया, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं. २ स्थित नेपाल- भारतको सिमा क्षेत्र दशगज्जामा बीस बर्ष देखि बिवादित रहेको जग्गाको समस्या समाधान भएको छ । “बाँच्न पाउने अधिकारको आधार : खाद्य अधिकार फियान नेपालका मधेश प्रदेश संयोजक नन्दनी यादवको विशेष पहलमा मुखियापट्टि मुसरनिया गा.पा अध्यक्ष जय कुमार यादव, सशस्त्र प्रहरी बल विओपी फुलगामाका श.प्र नि हेम बहादुर श्रेष्ठ एस.एस.वि कमान्डर हेमराज शर्मा नेपाल प्रहरीका ईन्चार्ज ,पत्रकार लगायत स्थानीय भरभलादमीको रोहबरमा आ-आफ्नो लालपुर्जा अनुसार जग्गा भोगचलन गर्ने लिखित रुपमा सहमति भएको हो ।
नेपाल -भारत दुबै तर्फका किसानले कसैको हानी नोक्सानी नगर्ने साथै दशगजा क्षेत्रमा रहेको सिमाना(पिलर) दश मिटर छोडेर मात्र खेती गर्न पाउने सहमति भएको हो ।

जमुनी नदि पारि भिखारी यादव लगायत १० जना जतिको करिव १५ विगहा जग्गा जमुनी नदिको पारि अर्थात भारतीय पक्ष तिर रहेको छ ।
करिब बीस बर्ष देखि बिबादित रहेको जग्गामा उब्जनी समेत हुन सकेको थिएन । स्थानीय किसान भिखारी यादवले त्यस जग्गाको विवाद समाधान हुन्छ कि हुदैन आस मरिसकेको उनले बताएका छन ।
नदीले वहाव क्षेत्र परिवर्तन गर्दा जमुनी नदिको पारि भारततर्फ भएको करिव २५ विगहा जग्गा जमुनी नदिको वारि नेपालतर्फ रहेको देखिन्छ । नदिले वहाव क्षेत्र परिवर्तन गर्दा समेत नेपाल भारतको सिमा स्तम्भ संकेत नं. २८९ का विभिन्न पिलरहरु जमुनी नदिको पुरानै वहाव क्षेत्र अनुसार गाँडिएपछि जिवछ यादव लगायतहरुले आफनो खेत उपभोग गर्न नदि तरेर जानुपर्ने बाध्यता रहेको उनले थपे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds