2024-05-06

Close

नरेशचन्द्र बरबरिया/सिरहा । सिरहा-धनुषा जोडने बसबिट्टा स्थित रहेको हुलाकी कमला नदीको पुल निर्माणमा भैइरहेको डिलासुस्ती विरुद्ध उद्योग बाणिज्य संग सिरहाले ४ बुदे मांग गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन ।

सिरहा उद्योग वाणिज्य संघ, सिरहाका अध्यक्ष अमरनाथ साह र महासचिव सत्यनारायण महतोद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माण भएको पुल सन्चालन नहुदै भासिन गएको अवस्थामा हाल सम्म पनि सो पुल निर्माण कम्पनिले निर्माण गर्न नसकि आलटाल गरी आवत जावत नै बन्द हुन गएको हुदा सो पुललाई अविलम्ब निर्माण गरी पुल सन्चालन गर्न ४ बुदें मांग राख्दै ज्ञापन पत्र सिरहाका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई बुझाएको छ ।
माँगहरु :
१.पुलको कामकाज यथाशिघ्र सुचारु गर्नुपर्ने ।
२. पुल निर्माण कम्पनिले यथाशिघ्र पुल निर्माण नगरे निज उपर कानूनी कारवाहि गर्नुपर्ने ।
३. पुलको काम मापदण्ड अनुसार गर्न लगाउनुपर्ने ।
१. पुलको कामकाज यथाशिघ्र सुचारु गर्नुपर्ने ।
४. पुल निर्माण गर्दा स्थानिय स्तरवाट निरिक्षण अवलोकन गराउनुपर्ने। अतः कमला पुलको काम कथाशिघ्र सुचारु नभए व्यापारी, उद्योगि, जनसमुदाय, सरोकारवला समेत मिलि जोडदार आन्दोलनको घोषणा गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मधेश प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ।
हुलाकी सडकको निर्माणमा विलम्ब हुँदा सर्वसाधारणले धेरै दुःख भोग्नुपरेको भन्दै उनीहरूले सिरहाबाट जनकपुरधामको दूरी ३० किलोमिटर मात्र हुँदा पनि घुमेर महेन्द्र राजमार्ग हुँदै आउनु पर्दा ६० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूको स्थानीयको भनाइ छ ।

हुलाकी सडकमा निर्माण गरिएको सिरहा–धनुषा जोड्ने कमला पुल गत वर्ष आएको बाढीमा भत्किएको थियो । निर्माणको अन्तिम समयमा पुल भत्किएपछि सर्वसाधारण आक्रोशित बन्दै आएका छन् । यो पुलको ठेक्का २०६८ साल जेष्ठ ३१ गते शर्मा पप्पु कन्सट्रक्सनले लिएको थियो ।

हाल त्यहाला स्थानीयले निर्माण गरेको अस्थायी बासको पुल बाट जोखिम यात्रा गर्न बाध्य छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds