वीरगंज २० शनिबार
पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका उम्मेदवारहरु मतदातासंगको घरदैलोमा व्यस्त देखिएका छन् । दिनहु चुनावी घरदैलो गर्दै आएका काग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसिया र लोसपाका प्रदेशसभा सदस्य उम्मेदवार रमेश पटेलले वीरगंजको वडा नम्बर ६ माईस्थानमा विहानैदेखि मतदाताको संयुक्त घरदैलोमा पुगेर आफनो पक्षमा मत माग्ने गरेका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनवाट बनेका काग्रेसका उम्मेदवार अजय चौरसिया र लोसपाका उम्मेदवार रमेश कुर्मीलाई जिताउनको लागि नेपाली काग्रेसका पुर्ब सभापति एवम सबिधान सभा सदस्य राजेन्द्र बहादुर आमत्या घरदैलो कार्यक्रम गई मदाताहरुलाई मत दिने आग्रह गरेका छन्।
उनीले भन्ने देशको लोकतन्त्र बचाउन र बिकास र शान्ति समृद्धिको लागि बामलोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई भोट दिएर जिताउने बताउनुभयो ।
नेपाल काग्रेसका उम्मेदवार चौरसियाले पार्टी भित्र कुने पनि किसिमको गुटबन्दी नरेहेको बताउनुभयो।उहाले बिरोधिहरुले काग्रेस पार्टीमा बिवाद रहेको जनतामा झुठो अफवाह फैलाउने लागे परेका छन्।झुठको खेतिलाई र्चिर्दे हामि संगै अमात्य ज्युले मतदाताहरुको घरघरमा पुगि आफ्नो पक्षमा मत दिईएर जिताउने आग्रह गर्दे हिड्नु भएको हो।
सबिधान सभा सदस्य अमात्य नेपाली काग्रेसका उम्मेदवार चौरसियाको पक्षमा मत मागदै हिडेपछि आम काग्रेसी नेताहरु धेरै खुश रहेको र १०० प्रतिशत हाम्रो जित निश्चित रहेको काग्रेसका नेता रामरुप कुर्मीले बताए।
वीरगंज महानगरपालिका वडा नम्बर ६ माईस्थानको घरदैलो कार्यक्रममा शनिबारको घरदैलो कार्यक्रममा मधेस सरकारका पूर्व मन्त्री ओम प्रकाश शर्मा , , काँग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, काँग्रेस नेता राकेश सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का पस्र्व वडाअध्यक्ष रामनगीना साह कानु , काँग्रेस नेता दिना गुप्ता, विजय कर्ण , रोशन लामिछाने ,जिल्ला कार्य समिति सदस्य ज्योतिष सम्राट पुरुषोत्तम दुबे, नगर सहसचिव दिपक साह, सज्जन अग्रवाल लगायतको पनि सहभागीता थियो ।