2024-04-26

Close

अजय मिश्र//नवलपरासी, १५ माघ । भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने समस्या देखा परेकाे प्रति स्थानीय प्रशासनले संवाद शुरू गरेकाे छ ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय समकक्षी अधिकारी अर्थात उत्तर प्रदेश महराजगञ्ज जिल्लाका जिल्लाधिकारीसित (डिएम) निरन्तरमा संवादमा रहेकाे बताएका छन् ।

सीमाकाे दशगजादेखि १० देखि २० मीटर मात्रकाे दूरी राखेर भारतले बनाइरहेकाे ३० मीटर चाैडाइकाे सडकले पानीकाे प्राकृतिक बहाव थुनिने संकट उत्पन्न हुने कारण देखाउदै स्थानीय जनताले विराेध गर्न थालेपछि स्थानीय प्रशासनले स्थलगत निरिक्षण समेत गरेर द्विपक्षीय छलफल गरिएकाे बताएकाे छ ।
भारतीय सडक विभागका अधिकारी र नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहितकाे संयुक्त निगरानी गरिएर पानीकाे निकास बनाउनु पर्ने सहमति भएकाे छ । यसका लागि सडकमा हरेक ५०० मीटरमा कल्भर्ट बनाउने, आवश्यक रहेकाे स्थानमा ह्युम पाइप जडान गर्नुपर्ने र पानीकाे अधिक मात्राकाे बहाव रहेकाे स्थानमा पुल बनाउने कार्य एक हप्तामा शुरू गरिने सहमति भएकाे प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

उनले भारतीय अधिकारीहरूसंगकाे भेटमा नेपाली किसानले उठाएकाे समस्या जायज रहेकाेले पानीकाे बहाव राेकिनु हुन्न भन्ने आफुले माग राखेकाे र भारतीय अधिकारीहरूले यसकाे समाधान गरिने बताएकाे जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्र ले यसका साथै नेपालकाे ताल्लुक मन्त्रालयमा समेत यसकाे जानकारी गराएकाे बताए ।

प्रमुख जिल्ला अधिकारी मिश्र ले भने, यसकाे पुर्ण समााधान स्थानीय स्तरबाट खाेजिनुकाे साथै नेपाल सरकारले कुटनीतिक पहल गरी समाधान सहज हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds