2024-04-26

Close

प्रतिनिधि सभा सदस्य अजय चौरसियाले शपथ ग्रहण गर्नुभन्दा पहिलाने चुनावमा जनतासंग मत मागदा गरेको वाचा पुरा गर्नेको लागि काठमाडौ पुगेर किसानहरुले भोगिरहेको समस्यालाई सरोकारवालाहरु ध्यानकर्षण गराएका छन्।
चौरसियाले पहिलो प्राथमिकता किसानको मल र बिऊको समस्या समाधान गर्ने वाचा गरेकोले अहिले गहु बालि र दलहन बालिको सिजन रहेकोले आफुले काठमाडौ पुगि प्रधानमन्त्री कार्यालय , कृषि मन्त्रालय, कृषि सामाग्री प्रधान कार्यालयमा पुगेर किसानको समस्या लाई ध्यानकर्षण गराएको बताउनुभयो।
सांसदहरुले शपथ नलिदै कृषि र किसानसंग सम्बद्ध विद्यमान समस्यालाई पहिलो प्राथमिकतामा राखेर त्यसको सामधानका लागि अग्रसरता देखाएका छन् ।मत माग्न जादा गरेका चुनावी वाचा अनुसार नागरिकका समस्या समधानका लागि नवनिर्वाचित सांसदहरुले विजय जुलुश सके लगत्तै अग्रसरता देखाएका हुन् ।
पर्सा क्षेत्र नम्म्बर २ बाट नवनिर्वाचित सांसद अजय चौरसियाले शुक्रबार काठमाण्डौ पुगेर प्रधानमन्त्रीको कार्यालय , कृषि मन्त्रालय र कृषि सामाग्री कम्पनिमा पुगेर पर्सामा मलको अभावमा किसानले भोगिरहेको समस्या बारे ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवा र प्रधानमन्त्री सचिवालयका कर्मचारी जनक भट्टलाइ भेटेका चौरसियाले कृषि सामाग्री कम्पनिमा पुगेर महाप्रबन्धक राजेन्द्र कार्कीलाइ पनि भेटेका हुन् ।तीन वटै निकायमा पुगेर आफुले पर्सा जिल्लाको लागि अहिले कायम मलको कोटा थप्न माग गरेको र ती निकायबाट सकरात्मक जवाफ पाएको चौरसियाले जानकारी दिए ।

सासंद चौरसियाले पर्सामा किसानहरु बढि भएकोले चाहिको जति कोटा नभएकोले किसानले आवश्यक परिमाणमा मल पाउन नसकेको भन्दै चौरसियाले भने ,‘ यदि हालका लागि कोटा मात्रै थपि दियो भने जिल्लाका किसानले धेरै हद सम्म राहत पाउछन् , त्यसकै लागि म अहिले सबै काम छाडेर काठमाण्डौ आएको छु।मैले किसानको लागि उठाएको माग प्रति सरोकारवालाहरु सकारात्मक रहेको बताए।

 

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds