2024-03-29

Close

अप्पन समाचार,१८ माघ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकाे जारी केन्द्रीय समिति बैठकमा पार्टीले विधान मिचेर स्थायी समिती बनाएको विषयलाई समुहको सुझावमा समेट्न माग गरेपछी समूह ११ मा रहेका रामचन्द्र झा र रघुवीर महासेठबीच विवाद भएको छ। टोलीनेता राजेन्द्र राईले समन्वय गरिरहँदा झा र महासेठबीच विवाद चर्केको हो।

राष्ट्रियसभागृहको देब्रेपट्टी बसेर अध्यक्ष प्रचण्डको राजनीतिक, महासचिव विष्णु पौडेलको सांगठनिक विधान संशाेधनको प्रतिवेदनमा छलफल चलिरहेका बेला दुई नेताबीच चर्काचर्की परेको थियाे। नेकपाको विधानको धारा ३४-ख निलम्बन गरेर पोलिटब्युरो समेत नभएका व्यक्तीलाइ स्थायी समितिमा लगिएको विषय प्रतिवेदनमा सुझावका रुपमा राख्नुपर्ने झाले प्रस्ताव गरेपछी महासेठले त्यसमा आपत्ति जनाएका हुन्। त्यस्ता कुरा राख्न नहुने भनी महासेठ कडारुपमा प्रस्तुत भएका थिए।

त्यसपछी झाले आफूलाई राजनीतिको बारेमा नसिकाउन चुनौती दिए। आफूले राजनीतिबारे राम्राे जानकार रहकाे भन्दै उनले यसबारे अध्यक्षकै अगाडि धारण राख्ने बताए। उता महासेठले भने नेतृत्वलाई कसैले सिकाउन आवश्यक नरहेको भन्दै ‘को ठुलो’ भन्ने कुरा नगर्न चेतावनी दिए। झण्डै ७ मिनेटजती चर्काचर्की परेपछी महासेठ उठेर पूर्ण बैठकस्थलतर्फ हिँडे। तर झा भने टोली नेता राईसँग सल्लाह गर्न बसे।

टोली नेता राइले पनि झा र महासेठबीच केही समय विधान मिचिएको विषयमा विवाद भएको स्वीकार गरे। ‘झाजीले नेकपाको विधान मिचिएको र स्थायी समिति गठन नियम विपरित रहेको बताउनुभयो। त्यही विषयमा सामान्य चर्काचर्की परेको हो’ उनले भने।

यसअघि तत्कालिन नेकपा-एमालेमा पाेलिटब्युराे सदस्यसमेत नरहेका महासेठलाई स्थायी कमिटी सदस्य मनाेनित गरिएकाे थियाे। पछिल्लाे महाधिवेशनमा केपी ओली नेतृत्वकाे प्यानलबाट सचिवमा चुनाव लडेका महासेठ सचिव र केन्द्रीय सदस्यमा समेत हारेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds