2024-04-25

Close

जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक बर्ष ०७९/०८० पुस मसान्तको एक महिनाको गरेको कामको विवरण सार्वजनिक गरेको छ।
पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन।
प्रहरी उपरीक्षक कोमल शाहको अनुसार आर्थिक बर्ष ०७९/०८० पुस मसान्तमा  प्रहरीले गरेको प्रगति विवरण यश प्रकारका छन्।
१) प्रहरीले भन्सार छली , चोरी निकासी पैठारी गरु ल्याएको  खाघान्न, ईलेक्ट्रोनिक सामान , सवारीसाधन विभिन्न किसिमको कपडाहरु लगातका सामानहरु ६ करोड ८२ लाख ४ सय ५२ रुपैया बराबरको सम्बन्धित निकायलाई बुझाएको छ।
२) मोटरसाइकल चोरीको मुद्दा १२ वटा दर्ता गरि १६ वटा मोटरसाइकल सहित १३ जना नेपाली र ३ जना बिदेशी नागरिकलाई पक्राउ गरिएको हो।
३)विभिन्न मुद्दामा फरार रहेका ३५ जना अभियुक्त तथा ८ वटा प्रतिवादीलाई पक्राउ गरि ५ बर्ष ४ महिना ९ दिन कैद र ६ लाख ७५ हजार ५०० जरिवाना सहित सम्मानित जिल्ला अदालतमा बुझाएको छ।
४) लागू औषध सम्बन्धि २३ वटा मुद्दा दर्ता गरि ३३ पुरुष र १ महिला सहित गाँजा ३८४ केजी , चरेश १ केजी , हेरोईन २१ ग्राम , फेनारगन एम्पुल १३५ पिस, डाईजिल्याब १२८ , नुर्फिन १३९ एम्पुल , नाट्राभेट ट्याब्लेट १४९९ पिस, कोरेक्स १०० ml को ४४ बोतल र १० कठ्ठामा लगाएको गाँजा र २ कठ्ठाको अफिम नष्ट गरेको छ।
५) त्यसैगरि प्रहरीले कर्तव्य ज्यान ३, ज्यान मार्ने उधोग २,भवितब्य ज्यान २,ज्यान समबन्धि १ , झुणडीएर मृत्यु भएको ज्यान सम्बन्धि१, सवारी ज्यान १,सवारी अंगभंग १,लागू औषध २२,अपहरण तथा शाररिक बन्धक १,बैक तथा वित्तीय १,जबर्जस्ती करणी ६ , बाल यौन दुरुपयोग १,हातहतियार खरखजाना १,चोरी २१ ,कालो बजारी १,अभद्र व्यवहार ४४,ठगि तथा अपराधिक विश्वासघात ३,लिखित सम्बन्धि कसुर १ , निर्वाचन सम्बन्धि कसूर१,बैंकिङ कसूर १,कुटपिट अंगभंग १,मानव बेचबिखन तथा अोसार पोसार ३ गरि जम्मा १७० वटा मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक शाहले बताए।
६) तालिम प्राप्त कुकुर सहित संकित नाका तथा विभिन्न स्थानहरुमा चेकचाँज ।
७) अपराध अनुसन्धान तथा अपराध नियन्त्रणको लागि वीरगंज महानगरपालिका भित्र थप १२ वटा गरि जम्मा १०९ वटा विभिन्न स्थानहरुमा सिसिक्यामेरा जडान गर्नुको साथै प्रत्येक दिन २ घण्टा vigrus चेक गर्ने गरिएको छ।
८)प्रहरीले  सिमावर्ति क्षेत्रमा आवशयकता अनुसार चेकजाँचमा वृद्धि गरि सिमानाका पुर्णरुपले गरेको छ।
९) पर्सा जिल्लामा रहेको बिसमिल्लाह क्रसर उधोग, गंगा बालुवा उद्योग , यादव क्रसर उधोग, सत्यम शिवम बालुवा उधोग , जय नेपाल बालुवा उधोग र पप्पु कन्सट्रक्सन गिट्टी बालुवा उदोग गरि   ७ वटा क्रसर उधोग बन्द गराएको जनाएको छ।
१०) १६ क्युफिट काठको गुलिया सहित १ थान सवारि गरि १२ हजार ८ सय रुपैया बराबरको पक्राउ गरेको छ।
११) घरेलु मदिरा तयारी मदिरा २२ सय ३४ लिटर र कच्चापदार्थ ४६ सय ७० लिटर सहित २४ वटा मदिरा बनाउने भठी नष्ट गरेको हो।
१२) निरज पसवानलाई अपहरण गरि हत्या गरेको आरोपमा शिक्षक दिलिप पटेल र शयाम यादवलाई पक्राउ गरेको बताए।
१३) आफ्नो श्रिमतीलाई हत्या गरि मार्ने श्रिमान र देवरलाई पक्राउ गरेको छ।
१४) पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पोसारमा ३ वटा मुद्दा दर्ता गरि ८ जनालाई पक्राउ गरेको छ भन्ने अभद्र व्याहार१ मुद्दा दर्ता गरि ३० जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेको छ ।त्यसैगरि हुण्डी १ जना मानिस सहित १२ लाख रुपैया बरामद गरि मुख्य उपलब्धि मूलक कार्य गरेको छ।
१५)ट्राफिक तर्फको प्रहरीले १९ वटा सवारी दुर्घटना बाट ३१लाख ६१ हजार ५ सय रुपैया राज्शव संकलन गरेको बताउनुभयो।
त्यसै गरि प्रहरी उपरीक्षक शाहले  भन्छन आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेदेखि बीरगंज लगाएत ग्रामीण भेगसमेत पर्सा जिल्लाको शान्ति सुरक्षा व्यवस्था  कायम गरेको समेत दावी गरे ।उहाले  प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनि सोही गरेको उहाले बताउनुभयो।एक महिनाको कार्यकालमा शान्ति सुरक्षाको राम्रो रहको दाबी गरेपनि कति दिन सम्म सुरक्षा व्यवस्था कायम राख्नु हुनेछ  हेर्न बाकि नै छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds