नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ प्रहरीको ३२ औँ आईजीपी बन्न सफल भएका छन् । आईजीपी थापा भदौ १८ गतेदेखि अवकाशमा गएपछि उनले जिम्मेवारी पाएका छन् । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

बिज्ञापन

कार्यक्रममा खापुङले व्यवसायिक मूल्याङ्कन गर्दै आईजीपी नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै इमान्दारिताका साथ कर्तव्य पालना गर्ने बताए । उनले तीन दशकको सकसपूर्ण संघर्ष गर्दै प्रहरीको सर्वोच्च पदमा पुग्न पाएको बताए । खापुङले कुनै घटना विशेषको रुपमा प्रहरीको आलोचना हुने गरी पनि त्यसलाई सुझावको रुपमा लिनुपर्ने धारणा राखे ।