2024-03-28

Close

जनकपुरधाम । सशस्त्र प्रहरीले २४ लाख बढी रुपैयाँ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले मोटरसाईकलको ट्यांकीमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको २४ लाख १७ हजार रुपैयाँ बरामद गरेको हो ।

मंगलबार बिहान करिब ११ बजेको समयमा धनुषाको बिदेह नगरपालिका वडा नम्बर ९ ईटहर्बास्थितबाट प्रदेश २–००२-००५ प ५७९८ नम्बरको निलो रंगको अपाची मोटरसाईकलको ट्यांकीमा लुकाई राखेको २४ लाख १७ हजार नेपाली रुपैयाँ सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

सशस्त्र प्रहरीको नम्बर २ छिनमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरको स्पेशल फोर्स (सुराकी) को आधारमा सो रकम बरामद गर्न सफल भएको हो ।

नम्बर २ छिनमस्ता बाहिनीबाट सशस्त्र प्रहरी हबल्दार आत्माराम राउतको कमाण्डमा गएको सशस्त्र प्रहरीको टोलीले लुकाई छिपाई भारतबाट नेपाल ल्याउँदै गरेको सो रकम बरामद गरेको हो ।

यसको लागि नम्बर ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा र बिओपी धनौजीबाट सशस्त्र निरीक्षक मनिष कुमार कटुवालको कमाण्डमा गएको कुल १२ जनाको प्रहरी टोलीले मोटरसाईकलसहित रकम नियन्त्रणमा लिएको हो ।

मोटरसाईकलको मूल्य गरी कुल २६ लाख १७ हजार रुपैयाँलाई कारवाहीको लागि भन्सार कार्यालय पठाएको जनाइएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्लाको मंगपट्टि  बस्ने अन्दाजी बर्ष २३ को उमेश कुमार रहेका छन् । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाएको बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds