प्रमुख समाचार
विपिन कुमार यादव, जनकपुरधाम : जनकपुरस्थित धनुष सागर पोखरीमा एक पुरुष कुटेपछि बेपत्ता भएका छन् ।
केहिबेर अगाडी अन्दाजी ४० वर्षीय पुरुष पोखरीमा कुदेपछि बेपत्ता भएका हुन् । स्थानीयका अनुसार पोखरीमा कुदेका पुरुष मदिरा सेवन गरेका थिए । स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली त्यहाँ पुगेका छन् ।
पोखरीमा बेपत्ता भएपछि प्रहरीको उद्धार टोलीले खोज्ने बताइएको छ । तर प्रहरीको उद्धार टोली अझै घटनास्थल पुग्न सकेका छैन । साँझ परेकाले खोज्न समस्या हुने प्रहरीले जनाएको छ ।
ति पुरुष किन पोखरीमा कुदेको विषयमा केहि खुल्न सकेका छैन । विस्तृत विवरण आउन बाँकी छ ।