2023-02-03

Close

जनकपुरधाम । जनकपुरधामका विजय कुमार चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्री स्तरीय निणर्य अनुसार अमेरिका स्थित क्यालिफोर्निया राज्यका लागि पर्यटन सद्भावना दूतमा चार बर्षका लागि उनलाई नियुक्त गरेको उनका भाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता संजय कुमार चौधरीले जानकारी दिएका छन् ।

उनी एशोसिएशन अफ नेपाली तराईयन ईन अमेरिका (एएनटिए) को अन्तर्राष्ट्रिय उपाध्यक्ष, फ्रिमन्ट सगरमथा लायन्स क्लबको प्रेसीडेन्ट, एनआरएनएको सक्रिय अभियन्ता र पूर्व शिक्षक समेत रहेका छन् ।

जनकपुरधामको जानकी माविमा शिक्षण पेसामा रहेका विजय चौधरी केही वर्ष देखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आइरहेका छन् ।

उनी चार बर्ष देखि क्यालिफोर्निया लाई कर्मक्षेत्र बनाई नेपाली कला, संस्कृती, पर्यटनको क्षेत्रमा नेपाल र नेपालीलाई विश्व सामु चिनाउनका लागि पर्यटन प्रवद्र्धनलाई संरक्षण गर्ने कार्यमा सक्रिय रही प्रवासी नेपालीहरूलाई जोडी कार्य गर्दै आइरहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर