2024-06-20

Close

जनकपुरधाम । धनुषामा एक पुरुषको इनारमा खसेर मृत्यू भएको छ । बुधबार दिउँसो ईनार सफा गर्न तल झरेका एक पुरुषको निस्सासिएर मृत्यू भएको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ भरतपुरस्थित बस्ने स्थानीय उदगारी यादवको इनार सफा गर्ने क्रममा स्थानीय ३० बर्षिय रामप्रसाद शर्माको मृत्यू भएको हो ।

मान्छे ईनारभित्र खसेको खवर पाए लगत्तै सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रघुनाथपुरबाट खटि गएको टोलीले मृतक शर्माको लास ४० मिटर भित्रबाट निकाल्न सफल भएको हो । ईनारमा खसेको खवरपछि तुरुन्तै प्रहरी नायब उपरीक्षक गान्धिवराज स्याङ्तानको कमाण्डमा गएको सशस्त्र प्रहरीको गोतखोर टोलीले शव निकालेको हो ।

सशस्त्र प्रहरीको ४ जनाको टोली र ११ जनाको विपद व्यवस्थापनको तालिम प्राप्त टोलीले उनको लास ४० मिटरभित्रबाट निकालेको हो । त्यतिभित्रबाट मृतकलाई निकाल्न कसैको हिम्मत नभएपछि सशस्त्र प्रहरीलाई खवर गएको सशस्त्र प्रहरी बल ८ नं. गण हेडक्वाटर धनुषाका गणपति एसपी दर्शन गिरिले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds