जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सभाको लागि धनुषाबाट ईन्द्रजीत यादवको एकल सिफारिस गरेको छ ।
शुक्रबार जनमत पार्टी धनुषा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्जको अध्यक्षतामा बसेको बैठकवाट यादवलाई राष्ट्रियसभा उमेदवारका बनाउनको लागी सिफारिस गरेको हो।
जनमत पार्टी केन्द्रिय सचिवालयमा सर्वसहमतिवाट यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज मण्डलले बताए।
जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।
This will close in 20 seconds