2024-05-19

Close

जनकपुरधाम । गाई-गोरुको हत्या गर्नेलाई कारवाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनकपुरधाम मशाल जुलुस प्रदर्शन गरेका छन । सोमवार सांझ राप्रपा जिल्ला कार्यसमिति धनुषाले गाई-गोरुको हत्या, भ्रष्टाचारी र तस्करहरुलाई यथाशिघ्र कारवाही गर्न माग गर्दै मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्व जनकपुरधाम उद्योग वाणिज्य संघबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दैै जनक चोकमा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।

सो कोणसभाको सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य सुनिल साहले ४८ घण्टा भित्र गाई-गोरुको हत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही नगरिए गृहमन्त्रीको राजीनामा माग्दै कडाभन्दा कडा आन्दोनलमा उत्रने चेतावनी दिए ।

यस्तै जिल्ला अध्यक्ष रामनरेश यादवले देशमा भ्रष्टाचार र तस्करी फस्टाउनुका साथै गाई-गोरुको हत्या गर्ने जस्ता हिन्दु धर्ममाथि प्रहार भइरहेपनि सरकार केही गर्न नसकेपछि दबाव स्वरुप आन्दोलनमा उत्रेको बताए ।

अध्यक्ष यादवले भने पूर्वनिर्धारित कार्यक्रम अनुसार आज मशाल जुलुस प्रदर्शन गरेका छौं । भोली प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउनेछौं । सो विरोध जुलुसमा राप्रपाका प्रदेश सांसद कन्चन विच्छा सहित जिल्ला तथा केन्द्रिय स्तरका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds