2024-04-19

Close

जनकपुरधाम । प्रदेश र प्रतिनिधि सभाको चुनावमा मधेश प्रदेशमा पति, पत्नी र दाजु भाईहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको टिकटमा जुली महतो र ४ बाट एमालेकै टिकटमा रघुवीर महासेठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ बाट महतोका पति रघुवीर महासेठ उम्मेदवार छन् । त्यहाँ उनलाई जसपाले सहयोग गरेको छैन् । जसपाले महाजन यादवलाई उनको विरुद्ध उम्मेदवार उठाएको छ ।

तर निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाले महतोलाई सघाउन उम्मेदवार उठाएको छैन् । जसपा र एमालेबीच चुनावी तालमेल भए पनि धनुषाको १ र ३ मा मात्र तालमेल रहेको छ ।

धनुषा जिल्लाको ४ मध्ये ३ क्षेत्रमा मात्र एमालेले प्रतिनिधि सभामा उम्मेदवार उठाएको छ । त्यस मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन रहेको छैन् । त्यस क्षेत्रमा नेकपा एसबाट रामचन्द्र झा, नेपाली कांग्रेसबाट रामकृष्ण यादव, एमालेबाट उमाशंकर अरगरिया र जसपाबाट गंगाराम यादवले उम्मेदवारी दिएका छन् ।

पतिपत्नी नै उम्मेदवारी दिनुको कारणबारे जानकारी लिन पटक–पटक प्रयास गरे पनि दुबै जना सम्पर्कमा आउन चाहेनन् । निर्वाचन क्षेत्र नम्बर १ मा जसपासितको तालमेलमा एमालेले उम्मेदवार उठाएको छैन् । जसपाका दीपक कार्कीलाई एमालेले समर्थन गरेको छ । त्यहाँ पाँच दलीय गठबन्धनबाट नेकपा माओवादीका नेता मातृका यादवले उम्मेदवारी दिएका छन् ।

सप्तरी जिल्लामा जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचन क्षेत्र नम्बर २ बाट र उनका भाई जयकान्त राउत जेके राउतले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावमा उत्रेको जनमत पार्टीमा पारिवारिक सदस्यहरुले प्राथमिकता पाएपछि आलोचना सुरु भएको छ । दुबै जना भने पीएचडी गरेका हुन् । प्रदेश सभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट शैलेन्द्र यादव र निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट उनका भाई जितेन्द्र यादव उम्मेदवार बनेका छन् । दुबै दाजु भाई जसपाको टिकट पाएका छन् ।

शैलेन्द्र यादव गत चुनावमा निर्वाचित भएर पाँच वर्ष जसपाको प्रमुख सचेतक थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेको बेला जितेन्द्र यादव उनका स्वकीय सचिव थिए । त्यसपछि उनी मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव रहेका थिए । चुनावमा टिकट पाएपछि मात्र पदबाट राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री राउतको कार्यालयमा आर्थिक अनियमितता गर्ने आरोप यादवमाथि पनि लागेको हो । कर्मचारी सरुवा, भर्ना लगायतमा आर्थिक चलखेल गरेको आरोप पनि उनीमाथि लागेको छ । क्षमतावान भएका कारण दुबै दाजुभाईले टिकट पाएको जितेन्द्र यादवले बताए ।‘

आर्थिक अनियमितता लगायतका अफवाह विपक्षीहरुले फैलाएको हो’ उनले भने, आफूहरु इमान्दारीपूर्वक जनसेवा गरेकाले पार्टी विश्वास गरी टिकट दिएको छ । परिवारवादको विरोध गर्नेहरुले नै पारिवारिक सदस्यहरुलाई चुनावमा प्राथमिकता दिएको आरोप विपक्षीहरुले लगाउन थालेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds