2024-04-19

Close

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बसन्त कुशवाहा र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका कुशवाहाले जनकपुरधामको मुरली चोकमा रहेको कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले किसानहरुका लागि विगतमा आन्दोलन गरेको सम्झिँदै आजैबाट किसानहरुको समस्या समाधान गर्न लाग्ने बताए ।

मन्त्री कुशवाहाले किसान कार्ड लागू गर्ने, मलखादको समस्या समाधान गर्ने र उखु किसानहरुको समस्या पनि बुझेर समाधान गर्न आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाए ।

यस्तै नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले मधेश भवनमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेर पदभार ग्रहण गरे ।

पदभार ग्रहण गर्दै उनले मधेशको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसंँ जोड्न मधेशको गौरव आयोजनाको रुपमा मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री सरोज कुमार यादवसँगै पुस २९ गते बसन्त कुशवाहा, सरोज कुमार यादव र सञ्जय यादवले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । बिहीबार मन्त्रालय तोकिएपछि कुशवाहा र यादवले पदभार ग्रहण गरेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds