वीरगंज २२ आईतबार
नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) अजय कुमार चौरसियाले महात्मा गान्धी पथ रोड नामाकरण गर्ने स्वागतयोग्य रहेको बताएका छन्।
जगतगुरु श्री रबिदासको जयन्तीको अवसरमा पर्सा गढी नगरपालिका -८ स्थित हरपुर टाडीमा आयोजत कार्यक्रमको प्रमुख अथिती रहनुभएका नेता चौरसियाले
अहिंसाको अन्दोलनवाट समुदायलाई निरन्तर शान्ति र एकतातर्फ डोर्याउने गान्धिको नामले वीरगन्ज–१४ पिपरा स्थित लिंक रोडलाई महात्मा गान्धी रोड नामाकरण गर्ने कुरा स्वागतयोग्य भएको बताएका छन् ।
उनले सामाजिक विकृतिका विरुद्ध निरन्तर चेतनाको सञ्चार गरेका जगतगुरु रविदास, कविरदास र गान्धीहरुबाट समुदायले प्रेरणा लिनुपर्ने धारणा राखे ।
चौरसियाले भने ,‘ विश्वका ८० वटाभन्दा बढी देशमा गान्धी शालिक छ, भारतको पटनामा वीपिको कोइरालाको शालिक छ, भारतकै बेत्तियामा गोपालसिंह नेपालीको शालिक र चोक छ, वीरगन्जमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिँदा विरोध गरिनुहुँदैन, यो गौरवको विषय हो । सडक नामाकरणको विरोध गर्नेहरुले गान्धीको दर्शन र महत्व बुझ्नुपर्ने उनले बताए ।
उहाले समुदायको निर्माणमा एक इट्टा थप्ने व्यक्तिको योग्दान पनि प्रशंसायोग्य हुन्छ, गान्धीले त विश्वलाई नै अहिंसा र सत्यको पाठ पढाउनु भएको हो । विश्वलाई अहिंसा र सत्यको मार्गमा हिँड्न प्रेरित गर्ने गान्धीको सम्मानमा विश्वका ८० वटा देशमा शालिक निर्माण गरिएको उदहरण दिददै चौरसियाले वीरगन्जमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिनु गौरवको विषय भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एंव प्रदेशसभा सदस्य श्याम पटेल, काँग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दीन लगायतकाको पनि सहभागिता थियो ।