2024-04-19

Close

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् ।

पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।

प्रहरीले १७ जनालाई नियन्त्रणमा लिई अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो । पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।

कात्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदलै हिँडाई जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका थिए । कुशवाहको कपडा च्यात्नुका साथै उनीहरुले शरीरमा हिलो छ्यापिदिएका थिए l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds