लोसपाका केन्द्रीय सदस्य डा. शरदसिंह यादव जनमत पार्टीमा प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य डा. शरदसिंह यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सप्तरी घर भएका डा. यादवलाई जनमतका अध्यक्ष डा. सीके राउतले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष राउतले नेता डा. यादवलाई सदस्यता समेत प्रदान गरेका छन् ।

बिज्ञापन

डा. यादव मधेश आन्दोलनका अगुवा भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले नयाँ राजनीतिक जीवन सुरु गरेको बताए ।

उनले सामाजिक संजालमा लेखेका छन्- जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्नेछु ।