2024-04-25

Close

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामसहितका आसपासको क्षेत्रमा चाडपर्वको नाममा अश्लिल ओरकेष्ट्राको रुझान पुनः सुरु भएको छ । धनुषा र महोत्तरी जिल्लामा केटीनाच पूर्ण प्रतिबन्ध लगाएपनि प्रहरीकै सेटिङ्गमा दुवै जिल्लाको विभिन्न स्थानमा अश्लि भनिएको ओरकेष्ट्रा सँचालन भइरहेको पाईएको हो ।

धनुषा जिल्लामा केही महिना अगाडी डिजे बाजामा कडा निगरानी गरेको धनुषा प्रहरी प्रशासनले प्रतिबन्ध लगाएको थियो । तर अहिले प्रहरी प्रशासनकै अगाडि आरेकेष्ट्रा नाच सञ्चालन भइरहेको छ । गाउँघरमा आस्थाको पर्वहरुमा रक्सी सेवन गरी हो हल्ला गर्ने ओरकेष्ट्राले नाच्दै गर्दा अप्रिय घटनाहरु समेत हुने गरेका छन् ।

मधेश प्रदेशका विभिन्न जिल्लामा चाडपर्व सुरु भएसँगै छिमेकी मुलुक भारतको बिहार, युपी राज्यबाट केटीनाच ल्याएर नचाउने गरिन्छ । धनुषा जिल्लाको विभिन्न स्थानमा हुने ओरकेष्ट्रा नाचको लागि धनुषा प्रहरी नै निगरानी गरी नचाउने गरेको छ । धनुषाको पूर्वी क्षेत्रको गाउँहरुमा हुने आरेकेष्ट्रामा प्रहरी नै लाईन दिएर नाच्ने वातावरण मिलाएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले कडाई गरेपनि उनका मातहतका सिपाहीहरुले मेला समितिहरुसँग साँठगाँठ गरी ओरकेष्ट्रा नाच्न अनुमति मात्र नभई आफैँ समेत हेर्न व्यस्त रहेको देखिन्छन् ।

जिल्ला प्रशसान कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले संयुक्त रुपमा धनुषामा डिजे र ओरकेष्ट्रा प्रतिबन्ध लगाएपनि कार्यान्वय भने गराउन सकिरहेको छैनन् । विभिन्न ठाउँमा प्रहरी आफैँ पनि केटी नाचजको स्टेजमा उपस्थिति जनाएर आरेकेष्ट्रा नचाउने गरिरहेको छ ।

अहिले प्रहरी नै त्यस्ता नाचहरु सञ्चालन भइरहेको स्थानमा उपस्थित भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds