2024-04-29

Close

वीरगन्ज ३० शुक्रबार

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले भन्सार छलि गरि ल्याएको अवैध लत्ताकपडा अटो सहित मानिस पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले भन्सार छलि गरि भित्राएको लत्ताकपडा सहित वीरगन्ज वडा नम्बर १० गाहवाका विरेन्द्र साहलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी गुल्म वीरगन्जका प्रमुख एवम सशस्त्र  प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना १ ह ८९८१ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा भन्सार छलि गरि ल्याएको कुर्था सुरवाल करिब २ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित अटो नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका लत्ताकपडा, मानिस सहित अटो आवशयक कार्यबाहीको लागि  भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरीका डिएसपी रिजालले जानकारी दिए।

त्यसैगरी सशस्त्र प्रहरी बल गुल्म वीरगन्जले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ठुलो मात्रामा फुलको माला पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा भन्सारको मेन गेट स्थित खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको फुलको माला करिब ४० हजार रुपैया बराबरको पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त सशस्त्र प्रहरीले वीरगन्ज भन्सारको मुल गेटको अगाडीबाट भारतबाट नेपाल तर्फ भन्सार छलि गरि विभिन्न सवारीसाधनहरुमा लोड गरि भित्राएको किराना सामान, जुत्ता चप्पल,हार्डवयर, मोटर पार्टस र कस्मेटिक आईटम करिब ४ लाख ३४ हजार ८ सय १० रुपैया बराबरको पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका डिएसपी रिजालले जानकारी दिए।विशेष सूचनाको आदधारमा सशस्त्र प्रहरी बल गुल्म भन्सारबाट ईदगाह चोकमा खटिएको सशस्त्र प्रहरीको टोलीले आईसिपीबाट आदर्शनगर तर्फ आउदै गरेको ना ४ ख ९४३५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा विलबिजक भन्दा बढी फरक भएको आशंकामा ट्रकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीले बिलबिजक भन्दा बढी बोकेको आशंकामा पक्राउ गरेको ट्रकबाट .४७,७१,८२४।- बराबरको सामान सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको डिएसपी रिजालले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds