2024-03-19

Close

जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) राज कुमार भट्टले १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेका छन् ।

ईलाका प्रहरी कार्यालय खजुरीबाट ईन्सपेक्टर भट्टको कमाण्डमा गएको प्रहरी टोलीले जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुलास्थितबाट १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको हो ।

विहिबार दिउँसो सर्च अपरेशनकै क्रममा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीचौकी बल्हागोठको सईको कमाण्डमा खटिएको संयुक्त चेकजाँच टोलीले जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नम्बर को मोटरसाईक चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो ।

चेकजाँचको क्रममा चालक जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ धनुषाधाम बस्ने अन्दाजी बर्ष ५५ को जोगिन्द्र यादवको साथबाट १० लाख र पछाडी सवार बर्ष १९ को कृष्ण साहको साथबाट ४ लाख समेत गरी जम्मा चौधा लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नगद रुपैया, मोसा समेत दुबै जनालाई नियन्त्रणमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds