2024-04-24

Close

जनकपुरधाम । जनकपुरधामस्थित एक महिलामाथि दाईजोको कारण हत्या प्रयास भएको छ । उनको शरिरमा आगो लगाएर मार्ने प्रयास भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठास्थित दाइजोका लागि श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको हो । स्थानीय २८ वर्षीया श्वेता झालाई उनका श्रीमान् राजीव झासहित परिवारका अन्य सदस्यले आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन् ।

श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छिन् । श्रीमान् राजीवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको उनले आरोप लगाइन् । आफूलाई श्रीमान् राजीव, ससुरा शिवशंकर झा, सासू र देवरलगायत कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको उनले बताइन् ।

उनले भनिन्, ‘हाम्रो विवाह भएको १० वर्ष बितिसक्दा पनि दाइजोमा स्विकारेको तीन तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए । अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’

नयाँ वर्षका दिन वैशाख १ गते राजीवले नौ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ ।

राजीवको परिवारले आफूलाई मरणसन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि यतिका दिनसम्म उपचारका लागि अस्पतालसमेत नल्याएको उनको दुःखेसो छ ।

घटनाबारे थाहा पाएपछि श्वेताका बुबा जयकुमार झा, भाइलगायत आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । उनको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।

श्वेताको माइती भारत विहारको दरभंगास्थित पोठिया गाउँमा पर्छ । घटनाको एक् सातापछि माइतीले थाहा पाएर उनलाई उपचारका लागि अस्पताल भर्ना गरेका हुन् ।

घाइते अवस्थामा रहेकी श्वेताले श्रीमान् राजीव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताइन् । त्यतिबेला आफ्नो बुबाले दुई लाख भारतीय रुपैयाँ दिए पनि अहिलेसम्म तीन तोला सुन नदिएको भन्दै पटक–पटक आफूलाई प्रताडित गर्दै आएको उनले आरोप लगाएकी छन् ।

श्वेताले विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको सुनाइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds