भारतमा सांसदको तलब २४ प्रतिशत बढ्यो, अब मासिक २ लाख भन्दा बढी

नयाँदिल्ली । भारतमा सांसदको तलब बढाइएको छ । भारत सरकारले सांसदहरूको तलब २४ प्रतिशतले बढाएको छ । अब हरेक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ (१ लाख ९८ हजार नेपाली रुपैयाँ) पाउनेछन् ।

यसअघि उनीहरूले मासिक १ लाख भारतीय रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) पाउँथे । दैनिक भत्ता पनि २ हजार भारतीय रुपैयाँ (३ हजार २०० नेपाली रुपैयाँ) बाट बढेर २ हजार ५०० भारतीय रुपैयाँ (४ हजार नेपाली रुपैयाँ) पुगेको छ ।

बिज्ञापन

त्यस्तै, पूर्व सांसदहरूको पेन्सन २५ हजार भारतीय रुपैयाँ (४० हजार नेपाली रुपैयाँ) बाट बढाएर ३१ हजार भारतीय रुपैयाँ (४९ हजार ६०० नेपाली रुपैयाँ) प्रति महिना पुर्‍याइएको छ ।

सन् २०१८ मा सांसदहरूको तलब ५० हजार भारतीय रुपैयाँ (८० हजार नेपाली रुपैयाँ) बाट बढाएर १ लाख भारतीय रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) पुर्‍याइएको थियो ।

त्यतिबेला तत्कालीन अर्थमन्त्री अरुण जेटलीले प्रत्येक ५ वर्षमा तलब र भत्ता स्वतः संशोधन गर्ने व्यवस्था पनि ल्याएका थिए । यसले सांसदहरूको तलब निर्धारण गर्न सिफारिस गर्ने पुरानो चलन समाप्त गरेको थियो ।