2025-07-10

Close

जनकपुरधाम । मानवसेवाको भावनाले प्रेरित हुँदै धनुषाका प्रहरी प्रमुख (एसपी) नरहरी रेग्मी र उनकी पत्नी सुशीला अधिकारी रेग्मीले जनकपुरधामस्थित मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

सोमबार बिहान रेग्मी दम्पती आश्रम पुगेका थिए । उनीहरूले त्यहाँ आश्रित वृद्धवृद्धा तथा अपांग व्यक्तिहरूको अवस्था अवलोकन गर्दै चामल, दाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वका रुपमा गरिएको सहयोगप्रति आश्रम व्यवस्थापनले कृतज्ञता व्यक्त गरेको छ । जनसेवा र समाजसेवामा सक्रिय एसपी रेग्मी र उनकी पत्नीको यो सहकार्यलाई प्रेरणादायक रुपमा हेरिएको छ ।

दैनिक रूपमा यस्ता सामग्रीहरू आवश्यक पर्छन्, सहयोग पाउँदा हामीलाई निकै राहत मिलेको छ, आश्रमका एक प्रतिनिधिले भने, एसपी रेग्मीज्यू र वहाँकी श्रीमतीप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छौँ ।

धनुषाका प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका रेग्मी र उनकी पत्नी सुशीला अधिकारी रेग्मीले सार्वजनिक सेवा बाहेक पनि सामाजिक सेवामा सक्रियता देखाउँदै आएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर