2024-04-26

Close

काठमाडौ,१० चैत । फ्रान्सबाट चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

फ्रान्सबाट दोहा, कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया नेपाली युवतीमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवतीमा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फ्रान्सबाट आएदेखि नै युवती होम क्वारेन्टाइनमा थिइन् भने हिजो नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ती युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

मन्त्री ढकालले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई मध्यनजर गर्दै एक हप्ताका लागि नाका बन्द गर्ने निर्णय सरकारले गरेको बताउनुभयो । नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित फलोअपमा आउनेहरुलाई केही दिन ढिला फलोअप गर्दा हुने अवस्थामा अस्पताल नबोलाउन अस्पतालहरुलाई निर्देशन दिनुभयो । केही दिन ढिला गरी शल्यक्रिया गर्दा पनि समस्या नहुने विरामीहरुलाई तत्काल नबोलाउन अस्पताललाई भनिएको छ ।

यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण देखिएको थियो । वुहानबाट आएका ती व्यक्ति १० दिनको उपचारपछि डिस्चार्ज भएका थिए । टेकुमा अहिलेसम्म ६ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds