2024-03-19

Close

जनकपुरधाम, जेष्ठ १३ गते। जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्ला समन्वय समितिका अध्यक्ष सत्रुधन यादवसहित सदस्यहरुले आज एक समारोहबीच पद तथा गोप्यनियता शपथ लिएका छन्।

उक्त शपथ ग्रहण समारोहमा धनुषा अध्यक्ष सत्रुधन यादवको अध्यक्षतामा भएको समारोह प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य उर्मिला साह, बिशिस्ट अतिथि केन्द्रिय सदस्य एवं राजनीति समिति सदस्य अरुणसिंह मण्डल, केन्द्रिय सदस्य एवं राजनीति समिति सदस्य चन्देश्वर सदा, केन्द्रिय सदस्य लालजी शरण यादव, केन्द्रिय सदस्य चमेलीदेवी दास, पार्टीका नेता एवं समाजसेवि गंगाराम यादव, अतिथि मधेस प्रदेश समिति सचिव जितेन्द्र यादव, सदस्य ज्ञानेन्द्र यादव, शैलेन्द्र यादव तथा रामो महरा सहित जिल्लाका सम्पूर्ण पालिकाका अध्यक्ष तथा निवार्चित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।

सो शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै भने, नवनियुक्त अध्यक्ष यादवले पार्टी संगठनलाई सुदृढ एवम् धनुषा जिल्लामा पार्टीलाई बलियो बनाउन अहिलेको आवश्यकता रहेको र जिल्ला समितिको काँधमा उक्त जिम्मेवारी थपिएकोले आज देखि नै पार्टी एवम् संगठनका लागि अहोरात्र काम गरेर बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, केहि दिन ५२ सदस्यीय जिल्ला समन्वय समिति धनुषाको घोषणा मधेस प्रदेश समितिले गरे देखि नै बिबादबित बनेको धनुषा जिल्ला समिति दुई खेमा बिभाजन भएका हुन्। जसमध्ये पदाधिकारी सहित ३४ सदस्यीयहरुले आजै पद तथा गोप्यनियता शपथ लिएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds