2024-04-26

Close

काठमाडौं– नेपाल सरकारले निती कार्यक्रम अन्तर्गत अधिकांश योजना संघमुखी ल्याएर संघीयतामाथि सिधै प्रहार गरेको सांसद प्रदीप यादवले आरोप लगाएका छन् ।

सोमबार संसदमा बोल्दै सांसद यादवले कृषिको आधुनिकिकरण, व्यवसायिकरण, अस्पताल निर्माण, विदेशबाट फर्किने युवाको रोजगार, तालिम लगायतमा संघीय सरकारको मात्रै कुरा गरिएको र प्रदेशको नामसमेत हटाइएकोप्रति आपती जनाएका हुन ।

उनले भने-‘सबै कुरा संघले नै हेर्ने हो भने संघीयता किन ल्याइयो, प्रदेशको के काम ? अतः निती तथा कार्यक्रममा ल्याइएको बुंदा नं. ९८ देखी ११४ सम्म बुंदा नं. ८२, १२९, ४६, ३१ र ४७ लाई सच्याई प्रदेश मार्फत गर्न आवश्यक रहेको छ ।’

सरकारले जति नै लकडाउन थपिरहेको छ, उतिनै कोेरोना संक्रमण बढिरहेको छ । कोरोना संक्रमण रोकथाम गर्न सरकारसंग पर्याप्त समय थियो तर समयमा ध्यान नदिएर चुकेको हुनाले देशमा दिनानुदिन संक्रमण फैलिरहेको सांसद यादवले आरोप लगाए ।

उनले संक्रमितको बढिरहँदा हाम्रो देशमा स्वास्थय पूर्वाधारको अवस्था कस्तो छ ?, कोरोना उपचारको लागि अहिलेको तोकिएको अस्पतालको पूर्वाधार कस्तो छ ?, निती अस्पतालहरु सरकारको कुरा टेरिरहेको छ कि छैन ?, बिरामीको उपचारको लागि स्वास्थय सामग्री उपचार कक्ष, भेन्डिलेटर, अक्सिजनको व्यावस्था कस्तो छ ? र चिकित्सकको लागि जनशक्ति तयारी अवस्था कस्तो छ, कि छैन भने प्रश्नको जवाफ हाम्रो भविषयसंग जोडिएको हुनाले यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण हुन जरुरी रहेको सांसद यादवले सुझाव दिए ।

उनले स्वास्थय मन्त्रालयका अनुसार देशभर अस्पतालको बेड २७ हजार, आइसियुको बेड १ हजार ५ सय ९५ र भेन्डिलेटर ८ सय ४० वटा रहेको तर यी मध्ये एक तिहाई मात्र कोरोना भाइरसको लागि उपलब्ध रहेको बताए ।

आइसियु सुविधा अस्पताल १९४ वटा छन् कोभिन क्लिनिक १११ र तिनका आइसोलेसन बेड ३ हजार रहेको बताउँदै सांसद यादवले कोरोना संक्रमितको संख्या मधेशमा बढिरहेको छ तर स्वास्थय पूर्वाधार भने काठमान्डौमा बढि रहेकोप्रति आपती जनाए ।

‘वीरगंजमा कोरोना उपचारको लागि तोकिएको नारायाणी अस्पतालमा ८० बेडभन्दा बढि कोरोना संक्रमित भइसकेको अवस्थामा त्यसबाहेकका कोरोना संक्रमितलाई सिद्धार्थ स्कुलमा राखिएको छ तर यो बेला निजी अस्पतालले कोरोना संक्रमित राख्न आफ्नो अस्पताल दिइरहेका छैनन्’– उनले भने ।

उप–प्रधान तथा रक्षामन्त्रीले समेत हिजो एउटा निजी अस्पतालका संचालकलाई फोन गरेर कोरोनाको लागि अस्पताल दिन भन्दा अस्पताल संचालकले कुरा नटेरी अस्पताल दिन तयार नहुनु भनेको सरकार निरिह भईसकेको र निजी अस्पतालका संचालक शक्तिशाली भएको भन्दै सांसद यादवले व्यङ्ग आक्रोस पोखे ।

के कोरोना संक्रमितलाई विद्यालयमा राखेर उपचार गर्न सकिन्छ सरकार ? सरकारको योजना के छ ? यसैमा सरकार फेल भएको सांसद यादवले आलोचना गरे । तसर्थः देशका निजी अस्पताललाई राष्ट्रियकरण गरेर देशका जनतालाई बचाउँन जरुरी रहेको छ ।

दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेकोले निजी अस्पताललाई राष्ट्रियकरण गरेर मात्रै यो महामारीलाई नियन्त्रण गर्न सकिने सांसद यादवको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds