2024-04-27

Close

वीरगन्ज १५ चेत्र

प्रहरीले भन्सार छलि गरि भित्राएको लत्ताकपडा,भैसी सहित पिकप पक्राउ गरेको छ।प्रहरीले भारतबाट अवैधरुपले भन्सार छलि गरि ल्याएको लत्ताकपडा र दुईवटा दुधालो भैसी लोड रहेको पिकप नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज ३ छपकैया स्थितबाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको  कुर्ता सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडाहरू करिब ४ लाख ५१ हजार रुपैया बराबरको पक्राउ गरेको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए।त्यसैगरि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानिपुर स्थितचोकबाट अवैध रुपले भन्सार छलि भित्राएको दुहुनो भेसी २ वटा ,१पाडा लोड रहेको पिकअप सहित साहुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।प्रहरीले विशेष सूचनाको आधारमा परवानिपुर स्थित चोकबाट  भारतबाट अवैधरुपले भित्राई वीरगन्जबाट नवलपरासी तर्फ जाँदै गरेको भैसी सहित बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरी आवश्यक कार्यवाहीको वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रव्क्ता थापाले जानकारी दिए।

पक्राउ परेका भैसी , पिकअप र कपडा करिब २० लाख ९३ हजार रुपैया बराबरको रहेको पर्सा प्रहरीका प्रबक्ता थापाले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds